किरातीहरुले उभौली चाड सुरु

२०७० जेष्ठ १२ गते, आईतवार


काठमाडौ, जेष्ठ १२ – किरातीहरुले उभौली चाड मनाएर परम्परागत नाच प्रदर्शन सुरु गरेका छन् । प्रकृतिको पूजा गर्दै देश विदेशमा रहेका किरातीहरुले वैशाखेपूणिर्मा तिथिदेखि करिब पन्ध्र दिनसम्म नाग प्रदर्शन गर्ने गर्दछन् । शनिबार ललितपुरका सानोहात्तीवनस्थित किरात धार्मिकस्थलमा विधिवत पूजाआजा गरी नाच सुरु गरेका हुन् । पूजाआजासँगै पूजारीबाट निधारमा सेतो टीका लगाएर नाचमा सहभागी हुने गरेका छन् । यसरी सांस्कृतिक रूपमा ढोल, झ्याम्टा, च्याब्रुङ बजाएर गोलाकार भएर महिला र पुरुष नाच्ने परम्परा छ । सांस्कृतिक पहिचान जोगाउनका निम्ति संस्थागत पहलमा नाचलाई व्यवस्थित रूपमा प्रदर्शन गर्ने गरेको किरात माङहिम व्यवस्थापन समितिले जनाएको छ । लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजले सामूहिक नाच प्रदर्शनको व्यवस्था गरेका छन् । पहिलो दिन ललितपुरको नखिपोट मैदानमा नाच प्रदर्शन गर्दैछन् । त्यसैगरी अर्को राजधानीको विभिन्न ठाउँहरू टुंडिखेल, कीर्तिपुर, सानोठिमी, कोटेश्वर, शंखपार्क लगायतमा भेला भएर नाच्ने गर्दछन् ।किरातीले उभौली मा प्रकृतिको पूजा गर्दै नयाँ अन्नबालीमा कीराफट्याङ्ग्रा नलागोस्, बाढी पहिरो नजाओस्, सुब्बेफाब्बे होओस् जस्ता कामना गर्दछन् । सम्बन्धित जातिका मागका आधारमा सरकारले २०५८ सालमा उधौली मंसिरेपूणिर्मा तिथिलाई किरातचाड घोषणा गरेको थियो भने २०६४ सालमा उभौली वैशाखेपूणिर्मालाई समेत किरातचाड भनेर घोषणा गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार