मजदुरको पारिश्रमिक बढ्यो

२०७० जेष्ठ १४ गते, मंगलवार

काठमाडौं,– मजदुरहरुको न्युनतम पारिश्रमिक बढेर अब आठ हजार रुपैयाँ हुने भएको छ । सरकारी अधिकारी, निजी क्षेत्रका रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरुबीच सोमबार राति अबेरसम्म भएको बैठकले मजदुरहरुको न्यूनतम पारिश्रमिक ६ हजार दुई सय रुपैयाँबाट वृद्धि गरेर आठ हजार रुपैयाँ पु-याएको हो । ट्रेड युनियनहरुले मजदुरको न्युनतम पारिश्रमिक १२ हजार रुपैयाँ हुनुपर्ने माग गदै आएका थिए । बैठकले मजदुरहरुको दैनिक ज्याला ३ सय १८ रुपैयाँ तोकेको छ । यसअघि दैनिक ज्याला २ सय ३१ रुपैयाँ थियो । नयाँ तलवमान राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र लागू हुने सहमतिसमेत भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]