गलेश्वरमा आगलागी लाखौको क्षति

२०७० जेष्ठ १५ गते, बुधबार

म्याग्दी, १५ जेठ । म्याग्दीको घतान गाविसस्थित गलेश्वर बजारमा गएराति भएको आगलागीबाट स्थानीय कुलप्रसाद गर्वुजाको तीनतले कच्ची घर जलेर नष्ट भएको छ ।खाना पकाउने क्रममा भएको आगलागीबाट मानवीय क्षति नभए पनि डेरा बस्दै आएका चार परिवारको लत्ताकपडा, धनसम्पत्ति, खाद्यान्नलगायत गरी करिब रु ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गएराति करिब ९ बजेदेखि आगलागी भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीको नेतृत्वको ५० जनाको प्रहरी टोली, इन्द्रबक्स गणका सेना, रेडक्रसकर्मी, स्थानीयवासीको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।बजारको बीचमा रहेको उक्त घरमा आगलागीलाई समयमै नियन्त्रणमा लिइएकाले बजारका अन्य घरमा आगलागी हुनबाट जोगाउन सकिएको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । आगलागी भएर घरबारविहीन भएका र डेरामा बस्दै आएकाहरु अहिले आफन्तको घरमा सरण लिएर बसेका छन् ।-रासस

प्रतिक्रियाहरु

[anycomment]