बलात्कारको पिडा एघार वर्षीया किशोरी आमा

२०७० जेष्ठ १५ गते, बुधबार


काठमाडौं , बलात्कारको शिकार बनि गर्भ बोक्न बाध्य भएकी एघार वर्षीया किशोरीले छोरो जन्माएकी छिन् । झापाको खुदनाबारी सिस्नेकी विश्वकर्मा थरकी ती किशोरीले आजजेठ १५ गते बिहान विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा गर्भधारण गरेको सात महिनाको अवधिमै छोरो जन्माएकी हुन् ।नातामा भिनाजुपर्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्माले बलात्कार गरेपछि गर्भ बोक्न बाध्य भएकी ती किशोरी केही दिनदेखि विराटनगरस्थित एबिसी नेपालको संरक्षणमा थिइन् ।उनलाई गएराति एक्कासि व्यथा लागेपछि उपचार गराउन कोसी अञ्चल अस्पताल ल्याइएको थियो । कम उमेरमै बच्चा जन्माउने ती किशोरीको स्वास्थ्य समान्य रहे पनि बच्चाको अवस्था भने गम्भीर रहेको छ । बच्चालाई आइसियू कक्षमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । गरिबीका कारण गिट्टीकुटेर खानुपर्ने बाध्यता भएकी पीडित किशोरी कक्षा ३ मा पढदैछिन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार