गुन्डासग प्रहरी थर- थर

२०७० जेष्ठ १७ गते, शुक्रबार

काठमाडौँ – टेण्डरमा गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका एमालेसम्बद्ध युवा संघ नेपालका केन्द्रीय सचिवसहित पाँच जनालाई चर्को दबाबपछि प्रहरीले मुक्त गरेको छ । पक्राउ परेको एक घन्टा पनि नबित्दै प्रहरीले दबाब थेग्न नसकी सचिव चन्द्र लामासहित पाँचै जनालाई मुक्त गरेको हो । पक्राउ परेकाहरुलाई छुटाउन एमालेका जिल्लास्तरीय नेतासहित ठूलो संख्यामा युवा दस्ता जिल्ला प्रहरी कार्यालय धुलिखेल पुगेका थिए । पनौतीमा रंगशाला बनाउन सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काभ्रेमा शुक्रबार दिउँसो टेण्डर दर्ता गराउँदा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले सचिव चन्द्र लामासहित पाँच जनालाई पक्राउ गरेको थियो । उनीहरुले लामालाई कुनै कारवाहीबिना तत्काल छोड्न चर्को राजनीतिक दबाब दिएका थिए । उनीहरुलाई धुलिखेलस्थित २८ किलोबाट नियन्त्रणमा लिइएको थियो । टेण्डर ८ करोड ७८ लाख रुपैयाँको हो । लामाले भने आफूहरुले कुनै गलत काम नगरेको दाबी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]