आज विश्व दूध दिवस
काठमाडौ, जेठ १८ – ‘स्वच्छ दूध पिऔं, स्वस्थ र समृद्ध जीवन जिऔं’ भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ । दिवसको अवसरमा दूधसित सरोकार राख्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले जनचेतनामुलक कार्यक्रम गर्दैछन् ।नेपालमा अझै माग अनुसारको दूध उत्पादन हुन सकेको छैन । वर्षमा झण्डै १६ लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ ।
पशु उत्पादन निर्देशनालयका अनुसार वर्षा र सुख्खायाममा १० लाख लिटर दूधको माग रहेकोमा वर्षायाममा ८ लाख २५ हजार तथा सुख्खा याममा ७ लाख लिटर दूध उत्पादन हुने गरेको छ ।
कूल दूध उत्पादनमध्ये ७० प्रतिशत भैंसीको र ३० प्रतिशत गाईको छ । दूध उत्पादन बढाउन सरकारले बिभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ ।पाँचवटै विकास क्षेत्रमा पशु स्रोत केन्द्र स्थापना गर्ने, हरियो घाँस उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउने, गाई भैंसी अनुसन्धान कार्यक्रमलाई व्यापकता दिने लगायतका अभियानमा जोड दिइएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।