पुस्तक प्रदर्शनी सम्पन्न

जेठ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डमा ९ दिनसम्म चलेको पुस्तक प्रदर्शनीमा २ करोड रुपैंया भन्दा धेरैको कारोबार भएको छ ।प्रदर्शनी १ लाख जनाले अवलोकन गरेका आयोजक नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले जनाएको छ ।जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनी शनिबार सकिएको हो । विगतका प्रदर्शनी भन्दा अहिले साहित्यिक कृति बढी कारोबार भएको संघका उपाध्यक्ष पद्मप्रसाद शिवाकोटीले जानकारी दिए
।सबै पाठकलाई समेट्ने गरि प्रदर्शनीमा स्वदेशी तथा विदेशी प्रकाशकद्वारा प्रकाशित विभिन्न पुस्तहरु राखिएका थिए । यस्तै पुस्तकप्रति रुचि बढाउन सरोकारवालाहरुसित अन्तक्र्रिया कार्यक्रम समेत गरिएको थियो ।