भेरीले मान्छे बगायो

२०७० जेष्ठ १९ गते, आईतवार

रुकुम, १९ जेठ । भेरी नदी तर्ने क्रममा शनिबार एक महिलासहित दुईजना बेपत्ता भएका छन् ।जिल्लाको पुर्तिमकाँडा गाविस वडा नं ७ का ४४ वर्षीया निर्मला पुन र २७ वर्षीय डेकवीर पुनलाई पुर्तिमकाँडा गाविसबाट जाजरकोट जाने क्रममा भेरी जङ्घार तर्न लाग्दा नदीले बगाएको हो ।भेरीको बीच भागमा पुगेका उनीहरुलाई भेरीले बगाएको प्रत्यक्षदर्शी डम्मरबहादुर पुनले जानकारी दिए । उनीहरुको खोजी कार्य जारी राखिएको छ । प्रहरी र स्थानीयले रातभर खोजी गरे पनि फेला पार्न नसकिएको खोजीमा संलग्नहरुले बताएका छन् ।
स–साना कामको सिलसिलामा पनि जङ्घार तर्नुपर्ने बाध्यता पुर्तिमकाँडावासीमा छ । पुल गाउँभन्दा टाढा हुँदा उनीहरुले जङ्घार तर्ने गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार