बस दुर्घटनामा चारको मृत्यु, १५ घाइते

२०७० जेष्ठ १९ गते, आईतवार

काठमाडौं, १९ जेठ– खोटाङको हलेसीदेखि ओखलढुंगाको हर्कपुरतर्फ जाँदै गरेको एक यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ बढी घाइते भएका छन् । अधिकाँशको अवस्था गम्भीर छ । बा२ख ९४५५ नम्बरको बस थाक्ले–८ सोक्माटारमा पल्टिएको हो । बस पल्टँदा टोक्सेल–१ हर्कपुरका सुष्मा माझीको दुई वर्षीय छोरा समर्पण माझीको घटनास्थलमै र थाक्ले–८ का ३५ वर्षीय ललिकुमार राईलाई उपचारका लागि लैजाँदै गर्दा उदयपुरको घुर्मीमा मृत्यु भएको हो । मृतक दुईजनाको भने सनाखत हुन सकेको छैन । उकालोमा नियन्त्रण गुमेपछि बस खसेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]