कमलरीहरुको आन्दोलन जारी

२०७० जेष्ठ २० गते, सोमबार

काठमाडौ, २० जेठ । कमलरी हत्या र कमलरीमाथि भइरहेको यौन शोषणको छानविन गर्न माग गदै काठमाडौ केन्द्रित आन्दोलनमा रहेका कमलरीहरुले हिजोको आन्दोलनमा प्रहरी दमनबाट अधिकांश कमलरी घाइते भएपछि आज सिंहदरबार घेराऊ स्थगन गरी शान्तिबाटीकामा अनसन मात्रै गर्ने भएका छन् । थप आन्दोलनका कार्यक्रम आज दिउँसो बैठक बसेर तय गरिने सयुक्त संघर्ष समितिले जनाएको छ ।
सिंहदरवारको ढोकामा धर्ना दिन पुगेका कमलरी आन्दोनकारीलाई प्रहरीले याताना दिँदा २५ जना घाइते भएका थिए । पाँच जनाको अहिले पनि होस खुल्न नसकेको संघर्ष समितिका सचिव सन्तोष दहितले जानकारी दिनुभयो । प्रहरीको कुटाईबाट बेहोस भएका पाँच जनाको अहिले माइतिघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।पश्चिम नेपालका थारु किशोरीहरुलाई मोलमोलाई गरेर घरेलु कामदारको रुपमा राख्ने कार्यलाई कमलरी भनिन्छ । सरकारले आफ्ना मागको सनुवाई नगरेको भन्दै अनिश्चितकालीन आन्दोलनमा उत्रिएको समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार