आज भोटो जात्रा

२०७० जेष्ठ २४ गते, शुक्रबार

ललितपुर, २४ जेठ । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज जाउलाखेलमा भोटोजात्रा मनाइँदैछ । रथ जाउलाखेल पुरयाएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार आज भोटोजात्रा हुने लागेको हो । लगनखेलस्थित थटिटोलमा रहेको रथ तानेर यही जेठ २१ गते जाउलाखेल पुरयाइएको थियो ।करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाइने गरिन्छ । त्यहीकारण जात्राको विशिष्ट सांस्कृतिक तथा धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । यद्यपि यस वर्ष रथयात्राको साइत चाँडो जुरेकाले जेठमै भोटोजात्रा मनाउन लागिएको हो । यो वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा गत वैशाख ३० गतेदेखि पुल्चोकबाट विधिपूर्वक सुरु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार