कम्लरीले सरकारलाई घुडा टेकाए

२०७० जेष्ठ २५ गते, शनिबार

काठमाडौँ । आन्दोलनरत मुक्त कम्लरी र सरकारबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै पाँच दिनदेखि कम्लरीले गर्दै आएका बन्दलगायत सबै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । महिला बालकालिका तथा समाजकल्यान मन्त्री रिद्धिबाबा प्रधानसहितका सरकारी पदाधिकारीसँग भएको वार्तामा मृतक कम्लरी सृजना चौधरीको हत्या वा आत्महत्या के हो – तत्काल छानविन गर्न, सृजनाले आत्मत्या गरेको भए पाँच लाख र हत्या भए १० लाख रूपैयाँ परिवारलाई राहत दिने लगायत विषयमा सहमति भएको पूवसभासद् शान्ता चौधरीले जानकारी दिए । उनले सहमति भएका सबै बुँदाको कार्यान्वयन नगरिएमा एक महिनापछि पुनः आन्दोलन गरिने बताए ।
मुक्त कमलरीलाई परिचयपत्र दिइनुपर्ने, उनीहरूको व्यवस्थापन हुनुपर्ने, यही जेठ १९ गते सिंहदरबार घेराउका क्रममा घाइते भएका कम्लरीको उपचार गरिनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेलगायत माग राखी उनीहरू आन्दोलनमा उत्रिएको थिए । आन्दोलनरत मुक्त कम्लरी र सरकारबीच भएको १० बुँदे सहमतिको पूण्ाबिबरण यस प्रकार छ – -१) दाङ्ग जिल्ला लालमटिया गा. वि. स. वडा नं. ८ घर भई ललितपुर चाकुपाट स्थित यूवराज पौडेलको डेरामा वालमजदुरको रूपमा कार्यरत वर्ष१३ की सृजना चौधरीको मृत्युभएको घटनाको सम्वन्धमा यर्थात सत्यतथ्य पत्ता लगाई दोषी देखिएका व्यक्तिहरूलाई प्रचलित कानुन वमोजिम कारवाही गर्न उच्चस्तरीय छनविन समिति गठन गर्न । -२) मिति २०७० साल जेठ १९ गते मुक्त कमलरीहरूवाट शान्तिपर्ूण्ा सिंहदरवार घेराउको क्रममा र्घाईते भएका आन्दोलनकारीहरूको सम्पूण्ा उपचार खर्च नेपाल सरकारले व्याहोर्ने । -३) सृजना चौधरीको मृत्युका सम्वन्धमा छानविन गर्न गठीत समितिले दिने प्रतिवेदनको आधारमा प्रचलित मापदण्ड वमोजिम अन्तिम निर्णर्य गर्ने गरी तत्काल अन्तरीम राहत स्वरूप मृतक सृजना चौधरीको परिवारलाई रू ५,०००,००।०० -पँाच लाख) उपलव्ध गराउने । साथै कैलाली जिल्ला चौमाला ८ दैदवाडीका मृतक मेघी चौधरीको परिवारलाई समेत आवश्यक सहयोग उपलव्ध गराउन नेपाल सरकारलाई सिफारीस गर्न । -४) कम्लरीको रूपमा वालमज्दुर भई कार्यरत हुँदाको अवस्थमा वेपत्ता भएका कम्लरी वालिकाहरूको हकमा छानविन गरी सत्यतथ्य पत्ता लगाउन र मृतक कम्लरीहरू कैलाली टिकापुर ९ की सरिता चौधरी, दाङ्ग रामपुरकी सिमा होजा मगर, कैलाली धनगडी नपा वडा नं. ८ धनगडी गाँउकी उर्मिला राना थारू र कैलाली चौमाला गा. वि स. वडा नं. ८ की मेघी चौधरीको मृत्युका सम्वन्धमा १० दिन भित्र छानविन समिति गठन गर्ने गरी नेपाल सरकार समक्ष सिफारीस गर्न । -५) विनियोजित वजेटको परिधि भित्र रही विद्यामान कमलरी छात्रावृत्ति व्यवस्थामा वृदि गर्नका लागी प्राप्त माग अनुसार मुक्त कम्लरीका लागी शिक्षा निर्देशिका २०६८ लाई परिमार्जन गर्न प्रक्रिया अगाडी बढाउने । -६) कमलरी प्रथा प्रचलित कानुन वमोजिम निशेधित कार्यभएकाले मन्त्रिपरिषद्वाट कमलरीे मुक्तिको घोषणा एक महिनामा गरी उद्धार हुन वँाकी रहेका कमलरी वालिकाहरूको उद्धार गरी पुनस्थापना गर्ने प्रक्रिया अगाडी वढाउने र वालिकाहरूलाई कमलरीको रूपमा राख्ने सवैलाई तत्काल कानुनी दायरामा ल्याउने । -७) मुक्त कमलरीहरूलाई परिचय पत्र वितरण गर्न तत्काल प्रक्रिया शुरू गर्न । -८) कमलरीको रूपमा रहँदाको अवस्थामा कार्यरत घरमै यौन शोषणवाट आमा वन्न पुगेकाहरूवाट जन्मेका वालवालिकाहरूको पहिचान र अंशको अधिकार सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडी वढाउने । -९) सृजना चौधरीको मृत्यु भएको घटनाको सम्वन्धमा दाङ्ग लगायत मुलुकका विभिन्न जिल्लाहरूमा कमलरीहरूले गरेको आन्दोलनका क्रममा गिरफ्तार भएका आन्दोलनकारीहरूलाई आजै निशर्त रिहा गर्न । -१०) आन्दोलनकारी पक्षले सवै आन्दोलनका कार्यक्रमहरू आजै देखी फिर्ता गर्ने ।

प्रतिक्रियाहरु

[anycomment]