आगलागीबाट करोडौको क्षति

२०७० जेष्ठ २७ गते, सोमबार


दोलखा, २७ जेठ । दोलखा सदरमुकाम चरिकोट बसपार्क क्षेत्रस्थित एउटा पक्की घरसहित आधा दर्जनभन्दा बढी होटल र छाप्रामा गएराति आगलागी भएको छ ।भीमेश्वर नगरपालिका–१० बसपार्कस्थित राम्जी चौलागाईं र लोकराज चौलागार्इंको तीनतले पक्की घर र अन्य होटल, किराना पसल राखिएका छाप्रामा आगलागी भएको हो ।आगोले केदार भण्डारीको तीनवटा छाप्रा, लोकराज रिमालको होटल र किराना पसल, गोमादेवी घिमिरेको छाप्रा, सुवर्ण खत्रीको होटल, सुनिता न्यौपानेको किराना पसल, बालकृष्ण फुयाँलको किराना पसल, विष्णु बस्नेतको किराना पसल र हिक्मत खत्रीको घरमा सञ्चालित टायर मर्मत केन्द्र जलेर नष्ट भएको छ ।
आगलागीबाट रु एक करोड ६० लाखभन्दा बढीको धनमान क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।रु डेढ करोडभन्दा बढीको क्षति भएको अनुमान गरेका छाँै, “प्रहरी प्रमुख अधिकारी भने , “क्षतिको पूर्ण विवरण एकिन गर्ने काम भइरहेको छ ।” गएराति करिब ११.४५ मा सुरु भएको आगो नेपाली सेना, प्रहरी र स्थानीयवासीको प्रयासमा राति करिब पौने २ बजे नियन्त्रणमा आएको थियो ।
आगलागीका क्रममा घरभित्र रहेका सातवटा ग्यास सिलिन्डर विष्फोट हुँदा आगो नियन्त्रणमा थप कठिनाइ भएको थियो । छाप्राहरुमा मानिस नबस्ने र पक्की घरमा रहेकाले भागेर ज्यान जोगाएका कारण कुनै मानवीय क्षति भने हुन पाएन ।

प्रतिक्रियाहरु

[anycomment]