एमाओवादीको आडमा वेश्यालय सञ्चालन गर्नखोज्ने पक्राउ

२०७० जेष्ठ २९ गते, बुधबार


पोखरा, २९ जेठ ।खोल ओढेर पोखरा उपमहानगरपालिका वडा नं. २ बागलुङ बसपार्कमा लामो समयदेखि वेश्यालय सञ्चालन गरिरहेका मदनसेन ठकुरीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि मुद्दा चलाइएका अभियुक्त नवलपरासी जिल्ला घर भई हाल पोखरा उपमहानगरपालिका वडा नं. २ बाग्लुङ्गबसपार्क स्थित प्रतिक्षा खाजा घर (रेष्टुरेण्ट)का संचालक वर्ष ४० का मदनसेन ठकुरी रहेका छन् ।
उनको खाजाघरमा कार्यरत एक युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूलाई निज ठकुरीले जबरजस्ती यौनव्यवसायमा लगाएको उजुरी दिएपछि पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ । अभियुक्त मदन सेन ठकुरीले विगत लामो समयदेखि नै विभिन्न ग्रामीण क्षेत्रबाट आएका तथा समस्यामा परेका सोझा साझा महिलाहरुलाई डर, धाक धम्की दिई, ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती यौन व्यवसायमा लाग्न बाध्य बनाएको निष्कर्ष पनि प्रहरीले निकालेको छ । प्रहरीको के आरोप पनि छ भने अभियुक्तले अवैध रुपमा वेश्यालय सञ्चालन गरेर लाखौं रुपिया“ आर्जन गरेका छन् । प्रहरीको यस्तो निष्कर्षपछि अभियुक्त ठकुरीलाई सर्वाधिक खोजीका व्यक्तिहरुको सूचीमा राखी खोजतलाश गरिएको र सोही क्रममा पक्राउ गरिएको प्रहरीको दाबी छ ।
नेपाल प्रहरीमा रहेर सेवा गरी अवकाश पाएका ठकुरीलाई प्रहरीले. यसभन्दा अघि पनि सोही आरोपमा पक्राउ गरेको थियो । तर विभिनन दबाबपछि उनलाई विना कारवाही छाडेको थियो । निज ठकुरीले हिरासतमुक्त हुनेबित्तिकै बागलुङ बसपार्कमा रहेका केही व्यवसायीहरुलाई एकत्रित गरी करीब दुई दर्जन मानिससहित एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए । राजनीतिक खोल ओढेर अवैध धन्दा गर्न थालेपछि प्रहरीले निज ठकुरीलाई कारवाहीको दायरामा ल्याएको समाचारस्रोतको दाबी छ ।

प्रतिक्रियाहरु

[anycomment]