चार वर्षीय डोजर चालक

२०७० जेष्ठ ३० गते, बिहीबार

रामेछाप गुन्सी–९ गुन्सालका चार वर्षीय बालकले डोजर चलाएर सबैलाई आश्चर्यमा पारेका छन् । हाल काठमाडौको एक विद्यालयमा एलकेजीमा अध्ययन गरिरहेका चार वर्षीय सुजल घिसिङले हेभ्भी डोजर हसजै चलाएर आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । उनी सानै उमेरमा डोजर चलाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाउन चाहन्छन् ।
बालबालिकासम्बन्धी काम गर्ने संस्थाहरु बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन व्यस्त थिए । बालश्रमविरुद्ध ठुला र चिल्ला वक्तव्यवाजी भइरहेको थियो । तर, रामेछापका चार वर्षीय बालकले भने राजधानीको अन्तर्राष्ट्रिय विमानस्थल नजिक डोजर चलाएर सबैलाई आश्चर्यमा पारिरहेका थिए । चार वर्ष २ महिनाका यी बालकले सहजै डोजर चलाएको हेर्नेहरुको पनि ताँती लागेको थियो ।
रामेछाप गुन्सी–९ गुन्सालका ४ वर्षीय सुजल घिसिङले यसरी बडेमानको डोजर चलाएका हुन् । चालकको सिटमा राम्रोसँग बस्न पनि नसक्ने र बोल्न पनि नसक्ने सुजलको यो प्रतिभाले सबैलाई आश्चर्यमा पारेको थियो । चार वर्ष दुई महिना मात्र पार गरेका सुजलले एकीकृत माओवादीका केन्द्रीय सदस्य युवराज चौलागाईंलाई डोजरमा चढाएर यसरी सहजै डोजर चलाए ।
सुजल घिसिङ अहिले राजधानीको मेरील्याण्ड इंग्लिस स्कुलमा एलकेजीमा पढ्दै पनि छन् । आर्थिक अभावको जाँतोमा नराम्रोसँग पिधिएका सुजलका पिता सुभास घिसिङ चालक हुन् । सुजलकी आमा एलिसा गोले घिसिङ घरखेतकै काम व्यस्त रहन्थिन् । आमा मेलापात जाने भएकाले काभ्रेको सिपाघाटमा काम गर्दैगर्दा सुभासले छोरालाई पनि कार्यक्षेत्रमै लिएर जाने गरे । डोजर चलाउने क्रममा पनि तीन वर्षीय सुजलसँगै बस्थे । यत्तिकैमा एक दिन सुजलले डोजर चलाउन मन गरेको पिता सुभासले बताए । सुरुमा त असहज लागे पनि चालक सिटमा राखेपछि सुजलले सहजै डोजर चलाएपछि आफूसमेत आश्चर्यमा परेको सुभास बताउछन् ।
त्यसपछि छोराको प्रतिभा देखेर आफूले पनि प्रोत्साहन गरेको उनको भनाइ छ । राजधानीको गठ्ठाघर नजिकै उनले बुधबार पनि सहजै हेभी डोजर चलाएर देखाए । उनलाई चालक सिटसम्म पुग्न केही गठिन भयो । चाबी खल्तीमा हालेर चालक सिट उक्लेका उनले डोजर स्टार्ड गरे र फटाफाट अघि बढाए । निकै अघि बढाएपछि उनले ब्याक गियरमा डोजर पछाडि पनि पर्काए ।
यो सबै आफैले हेरेका एकीकृत माओवादीका केन्द्रीय सदस्य युवराज चौलागाईले आफू बालकको प्रतिभा देखेर प्रभावित भएको बताए । नेता चौलागाईले बालकको कक्षा १ देखि १२ सम्म निःशुल्क पढाउने व्यवस्था गर्ने घोषणा मात्र गरेनन्, गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन पहल गर्नेसमेत बताए । नेता चौलागाईले त्यसो भनिरहँदा अबोध बालक सुजल भने ताली बजाइरहेका थिए । आर्थिक अभावमा सञ्चार माध्यमसम्म पुग्न नसकेको भन्दै सुजलका पिता सुभास छोराको पढाईप्रति निकै चिन्तित थिए । त्यसैले उनले आफ्नो छोरा प्रतिभाशाली रहेको भन्दै उनको प्रतिभा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा उल्लेख गराउन सहयोग गर्न आग्रह गरे । उनले आफूलाई छोराको पढाई र रेकर्डसबाहेक केही चाहना नरहेको पनि बताए ।
अन्तर्राष्ट्रिय बाल दिवस मनाइरहँदा बाल चालक सुजलले प्रदर्शन गरेको यो प्रतिभा अवलोकनीय थियो । तर, यस्ता प्रतिभाहरु अवसर र प्रोत्सहन अभावमा ओझेल पर्ने र हराउने गरेका छन् । र, गरिबी, अशिक्षा र अवसर अभावका कारण प्रतिभा बाल श्रमका रुपमा पनि परिणत हुने गरेको छ । नेपालमा अहिले पनि करिब १६ लाख बालबालिका श्रमिकका रुपमा काम गर्न बाध्य भएको श्रम बिभागको तथ्याङ्क छ । त्यसैले सुजलले जुन प्रतिभा प्रदर्शन गरेका छन् त्यसलाई प्रोत्साहन गर्नु आवश्यक छ । यसको अर्थ उनलाई अब्बल र दक्ष चालक होइन । उच्चशिक्षासहित उनलाई सम्बन्धित क्षेत्रमा केही अवसर प्रदान गर्नु राज्य र समाजको जिम्मेवारी र दायित्व हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार