आक्रमणकारीलाई कार्वाही होस्

२०७० जेष्ठ ३० गते, बिहीबार

जेठ ३०,काठमाडौं । विभिन्न दलित संघ संगठनहरुले रौतहटको पिपरिया स्थित दलित बस्तीमाथी गैर दलितहरुले गरेको आक्रमणको निन्दा गर्दै उपचार तथा राहतको माग गरेका छन् । विहीबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो माग गरेका हुन ।जेठ २४ गते राती सामान्य विवादपछि गैरदलित समुदायले दलित बस्तीमाथि आक्रमण भएको थियो । सो क्रममा २० जनाभन्दा बढि दलितहरु घाइते हुनुका साथै ६५ घर भत्काइएको तथा लुटपाट हुनुका साथै पुरै दलित बस्ती विस्थापित भएको कार्यक्रममा अगुवाहरुले जानकारी गराएका थिए ।
दलित अगुवाहरुले पत्रकार सम्मेलनमा घटनाको न्यायीक छानविन समित गठन, घाइतेको निशुल्क उपचार, सुरक्षाको ग्यारेण्टी विस्थापितलाई स्थापित गर्नुपर्ने, अक्रमाकारीलाई जातिय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन अनुसार कार्वाही, आगजनी तथा लुटपाटको क्रममा भएको क्षेतीको क्षेतीपुर्तिको माग गरेका थिए । उनीहरुले हिजैमात्र मन्त्रिपरिषद्का अध्यक्षलाई घटनाको जानकरी गराएको नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तिलक परियार बताए । पत्रकार सम्मेलनमा बोल्दै उत्पीडित जातिइ उत्थान संघका अध्यक्ष केशबहादुर परियारले आफ्ना मागहरुलाई सम्बन्धित पक्षले गम्भिरताका साथ नलिए आफूहरु नेपाल बन्द लगायतका सघर्षको कार्यक्रम गर्न बाध्य हुने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार