आज सिठी नखः पर्व

२०७० जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौ, ३१ जेठ । नेवारहरुको सिठी पर्व आज मनाइँदैछ । शिवपुत्र कुमारको जन्मोत्सवका रुपमा उनलाई मास, मुङ र साना केराउको बारा, चताँमह्री, र चौमह्री चढाई पूजाआर्चना गरी नेवारहरुले आज सिठी नखः मनाउँदैछन् ।वर्षभरिकै अन्तिम पर्वका रुपमा मनाइने यस चाडमा सबै मान्छे मिली आफ्ना इलाकामा रहेका इनार, कुवा, पाखेरी, ढल, ढुंगेधारा आदि सरसफाइ गरी सबै एकै ठाउँमा बसी विभिन्न प्रकारका बारा, रोटी, मासु, चिउरा खाई रमाइलो गर्ने गर्छन् ।
प्राचीन कालमा यस चाडसम्ममा सबै नागरिक मिलेर नगरको गढ, किल्लाको पर्खाल आदिको मर्मत तथा सफाइ गरि सक्नुपर्ने परम्परा रहेको भक्तपुर दरबारको बाहिरी भित्तामा नेपाल संवत् ५ सय ७३ मा राजा यक्ष मल्लले राखेको ताम्रपत्रमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार