चर्चित गायक यम बराल क्यासिनोबाट पक्राउ

२०७० जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौं, जेठ ३१– राजधानीको लैनचौरस्थित मल्ल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चर्चित गायक यम बराललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । महानगरीय प्रहरी परिसर दरबारमार्गको टोलीद्वारा पक्राउ बराललाई हिरासतमै राखी कानुनी कारबाही अघि बढाइएको छ । नेपाली नागरिक जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । पक्राउलगत्तै उनलाई दरबारमार्ग प्रभाग ल्याइएको थियो । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भएपनि नेपाली खेलाडीकै भरमा नेपालका क्यासिनो चलिरहेका छन् । पछिल्लो समयमा प्रहरीले यसमा कडाइ गरिरहेको छ । भारतीय र चिनियाँ नेपालका क्यासिनोका बढी ग्राहक हुन् । उनीहरुले मात्र क्यासिनो धान्न मुस्किल पर्ने हुँदा लुकाइछिपाइ नेपालीलाई खेलाउने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार