वन मास्नेलाइ कैदको सजाय

२०७० असार ४ गते, मंगलवार

काठमाडौँ, ४ असार । विशेष अदालतले बर्दिया जिल्लाको सामुदायिक वन मास्ने तथा फडानी गर्ने कार्यमा संलग्नहरूलाई बढीमा दुई वर्षदेखि घटीमा तीन महिना कैद सजायको फैसला गरेको छ ।विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको संयुक्त इजलासले बर्दियामा वन फडानी कार्यमा संलग्न तत्कालीन निमित्त वन अधिकृत प्रभुनाथप्रसाद यादवलाई दुई वर्ष र सहायक वन अधिकृत हरिनारायण आचार्यलाई डेढ वर्ष कैद सजायको फैसला गरेको विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले जानकारी दिएका छन् ।रजिस्ट्रार चन्दका अनुसार सहायक वन अधिकृत सुरजनिधि तिवारीलाई एक वर्ष, श्यामनाथ झा बोधनारायण कुँवर र ललनकुमार झालाई छ– छ महिना, रेन्जर विष्णुप्रसाद योगीलाई एक वर्ष र अर्का रेन्जर उपेन्द्र गिरीलाई तीन महिना कैद सजाय सुनाइएको छ । यसैगरी वन उपभोक्ता समूहका १५ पदाधिकारी तथा सदस्यलाई जनही एक महिना कैद सजाय सुनाइएको रजिस्ट्रार चन्दले जानकारी दिए ।
जिल्ला वन कार्यालय र वन उपभोक्ता समितिमा रहेका पदाधिकारी तथा सदस्यको मिलेमतोमा करिब रु ६५ लाख ३९ हजार ७४० बराबरको वन पैदावरमा हानिनोक्सानी पु¥याएको र फडानी गरेका अभियोगमा गत वर्ष असोज १८ गते अदालतमा मुद्दा परेको थियो । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिम कैदसजाय सुनाइएको हो

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार