आज विश्व शरणार्थी दिवश

२०७० असार ६ गते, बिहीबार

काठमाडौं, असार ६ –आज विश्व शरणार्थी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईंदैछ ।युद्धले बर्बाद पारेको एउटा परिवार पनि धेरै हो भन्ने नाराका साथ यो वर्षको शरणार्थी दिवसमा विभिन्न कार्यक्रम गरिंदैछ ।
दिवसमा युद्ध र द्वन्द्वको परिवारमा परेको असरमा केन्द्रित हुँदै विभिन्न कारणले छुट्टिएका परिवारको पुनर्वास, पारिवारीक पुनर्मिलन र बालबालिकाको संरक्षणमा जोड दिइएको छ ।शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरका अनुसार पछिल्लो एक वर्षमा विभिन्न कारणले ४ करोड ५० लाख भन्दा बढी मानिस शरणार्थी बनेका छन् ।
पछिल्लो एक वर्षको अवधिमा १ करोड ५४ लाख जना शरणार्थी बनेका, ९ लाख ३७ हजार जना शरणको खोजीमा रहेका, २ करोड ८८ लाख जना आन्तरिक रुपमा विस्थापनमा परेका छन् । यो संख्या झण्डै दुई दशकयताकै धेरै रहेको युएनएचसीआरले जनाएको छ ।
विस्थापनको सबैभन्दा ठूलो कारण युद्ध भएको भन्दै युएनएचसीआरले युद्धको निराकरण र युद्धका कारण उत्पन्न समस्याको समाधानमा जोड दिएको छ ।
राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार नेपालमा अहिले ३५ हजारको हाराहारीमा भुटानी शरणार्थी छन् ।
शरणार्थीहरुको उचित पुर्नस्थापनाका लागि नेपालमा रहेका भुटानी शरणार्थीलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिकामा पुनर्वासको व्यवस्था मिलाइएको छ । ८० हजार भन्दा बढी भूटानी शरणार्थी तेश्रो मुलूकमा पुनर्वासका लागि गइसकेका छन् ।
यस्तै नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी र सोमालिया, बंगलादेश, नाईजेरियालगायतका देशबाट आएका शरणार्थीहरु रहेको अनुमान गरिएको छ ।
तिब्बती शरणार्थी नेपालमा ६ दशक अघि र भूटानी शरणार्थी दुई दशक अघि भित्रिएका हुन् । तर अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धि राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानुन समेत बनाउन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार