आज सब्बेबरात पर्ब

२०७० असार १० गते, सोमबार

काठमाडौ, असार १० – आज मुसलमान समुदायको पवित्र पर्व सब्बेबरात, नेपाली मुसलमान समुदायले पनि भव्यताका साथ मनाउँदैछन् । वर्षभरीको पाप, धर्म, आउने वर्षको कार्ययोजना लगायतका काम अल्लाहले आजको दिन समीक्षा गर्ने विश्वासमा मुसलमान समुदायले ब्रत बस्ने गर्छन् ।आज दिनभर ब्रत बसेर दुःखी गरिबलाई दान दिने, मिठा परिकार बनाएर अरुलाई खुवाउने गरिन्छ । अल्लाह खुसी भएमा आउँदो वर्ष आफ्नो पक्षमा राम्रो हुने मुसलमान समुदायको मान्यता छ ।सोमबार रातभर जाग्राम बस्ने मुसलमान समुदायले मंगलबार पनि नयाँ दिनको राम्रो सुरुवातका लागि भन्दै ब्रत बस्ने गर्छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार