महानगरपालिकाले जनचेतना अभियान चलाउने
काठमाडौं, असार १३ – काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि यसलाई निरुत्साहित गर्न जनचेतना जगाउन अभियान चलाउने भएको छ । वर्षाको समयमा यसरी फालिएका फोहोरका कारण छिटो प्रदुषण र रोग फैलिने भएकाले काठमाडौं महानगरपालिकाले जनचेतना जगाउन अभियान चलाउन लागेको हो ।आउँदो आइतबारदेखि काठमाडौंका विभिन्न ठाउँमा अभियान शुरु हुने महानगरपालिकाको फोहोर मैला व्यवस्थापन तथा वातावरण महाशाखाका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिएका छन् ।
फोहोर फाल्नेलाई पहिले सम्झाई बुझाई गर्ने र फेरि पनि गल्ती दोहोर्याए जरीवाना तिराउने उनले बताए । जथाभावी फोहोर फाल्नेलाई पाँचसय रुपैयाँदेखि एकलाख रुपैयाँसम्मको जरिवाना हुने महानगरपालिकाले जनाएको छ । अभियानका लागि दुईवटा टोली बनाइएको छ ।टोलीले जुनसुकै बेला पनि अनुगमन गर्ने श्रेष्ठलेको दाबि छ । यस्तै वर्षामा फोहोरको व्यवस्थापनमा समस्या पर्ने गरेको महानगरपालिकाले जनाएको छ ।