हेटौंडामा बस दुर्घटना

काठमाडौँ, १९ असार । काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ३ ख ६०५५ नम्बरको यात्रुबाहक बस आज बिहान हेटौंडामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।उक्त यात्रुबस हेटौँडा–नारायणघाट सडकखण्डको ज्यामिरेमा आज बिहान २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा १७ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चितवनको शिक्षण अस्पतालमा उपचार भइरहेको र तीन जना यात्रु भने हेटौँडा अस्पतालमा सामान्य उपचार गराई घर फर्किएको बताइएको छ दुर्घटना हुन साथ बसका चालक र सहचालक भने फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी कार्य भईरहेको बताएको छ ।