शिक्षिकाको कुटाइवाट आँखा फुटेका बालकलाई काठमाडौ ल्याइँदै

२०७० असार २० गते, बिहीबार

काठमाण्डौं, २० असार ।मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको पहलमा शिक्षिकाको पिटाईवाट आँखाको ज्योति गुमाएका बाँके हिरमिनियाका ८ बर्षिय बालक अजय धोवीलाई नानी प्रत्यारोपणका लागि आज काठमाडौ ल्याइने भएको छ ।अजयलाई काठमाडौस्थित तिलगंगा आँखा अस्पताल उपचार गराइनेछ ।उनलाई उपचारका लागि पठाउन विभिन्न संघसंस्थाहरुले ३५ हजार सहयोग संकलन गरिसकेका छन् ।
बालक अजयलाई आज हेलिकप्टरबाट काठमाडौ लगिन लागिएको सिविन नेपालका क्षेत्रीय टिम लिडर मधु दवाडीले जानकारी दिनुभयो ।
यसैबीच बालकको आँखा फुटाउने शिक्षिका र विद्यालयविरुद्ध अजयका बुवा मैकुलालले हिरमिनिया इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]