माडीमा असोजमा विजुली बल्ने
काठमाडौँ । चितवनको माडीको विद्युत् सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी भदौ भित्रमा विद्युत सवस्टेशन निर्माणको काम सकिने शंखदेवी कन्स्ट्रक्सनका ठेकेदार गणेश बन्जाराले बताए । उनका अनुसार सवस्टेशनको निर्माणको कार्य सकिएपछि यही असोजमा विद्युत् बल्नेछ । अहिले माडीमा विद्युत् पुर्याउनको लागि तार बिच्छ्याउने काम सकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै विद्युत् लैजानुपर्ने भएकोले अण्डरग्राउण्ड विजुलीको व्यवस्था गरिएको हो । विद्युत् लाइन लैजानको लागि बीचमा पर्ने राप्ति र रिउ खोलामा अहिले ‘मजुबत’ विद्युत पोल निर्माण कार्य भइरहेको आयोजनाका प्रमुख प्रमोद ढुङ्गानाले जानकारी दिए । ‘तार बिच्छय्उने काम भइसकेको छ, अहिले राप्ती र रिउमा तार जोड्नको लागि पोल निर्माण गर्ने काम भइरहेको छ’ ढुङ्गानाले भने ‘डेढ महिनाभित्र त्यो काम सकिन्छ र हामी विद्युतीकरणको काममा लागि पर्र्छौं ।’ ढुङ्गानाका अनुसार विद्युत् लगिएको मुख्य सडक वरपर र छेउका बस्तीमा विद्युत् पुर्याउनको लागि गाउँ विकास समितिका प्रतिनिधिहरूसँग कुराकानी भइरहेको छ । आर्थिक वर्ष२०६६/६७ मा वातावरण मन्त्रालयसँग स्वीकृती लिई विद्युत् प्राधिकरणले माडीमा दुइ वर्षगाडिदेखि तार बिच्छ्याउने र सवस्टेशन निर्माणको काम गरिरहेको छ । झण्डै ६ करोडको लगानीमा माडीमा विद्युत लैजाने प्रक्रिया अगाडि बढाइएको हो । अहिले सवस्टेशन निर्माण भइसक्नु पर्ने भए पनि माडीको बसन्तपुरमा निर्माण भइरहेको सवस्टेशनको ठेकेदारहरू परिवर्तन भइरहेकोले केही ढिलाइ भइरहेको स्थानीयवासी तथा सरोकारवाला बताउँछन् । सवस्टेशन निर्माणको लागि अयसघि तीनजना ठेकेदारहरू परिवर्तन भइसकेका छन् । विद्युत् प्राधिकरण काठमाडौँ शाखाले ग्रामीण परियोजनाअर्न्तर्गत आगामी आर्थिक वर्षा ८ करोडको टेण्डर आहृवान गरी विद्युत लाइन वितरणको काम अगाडि बढाउने जनाएको छ । माडीमा विद्युत पुर्याउनको लागि हुलाकी सडक आयोजनाअर्न्तर्गत टेण्डर आहृवान गर्ने तयारी भएको हुलाकी सडक आयोजनाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अघिल्लो साता राजधानी आएर प्राधिकरणका जिम्मेवार व्यक्तिहरूसँग भेटघाट गरेका थिए ।