बस नदीमा खस्यो, नौ जनाको मृत्यु

२०७० असार २२ गते, शनिबार

काठमाडौं २२ असार – पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुबहाक बस तनहुँस्थित मादी नदीमा बस खसेको छ । पुलमा लगाइएको बार भत्काएर बस विपरित दिशातर्फ खसेको हो । दुई भंगालोको बीचमा बस खसेकाले उद्दारमा कठीनाई भएको छ ।प्रारम्भिक घटनाक्रम अनुसार दुर्घटनामा एक बच्चासहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ८ जनाको जिवितै उद्धार गरेको प्रहरी उपरीक्षक देवबहादुर बोहोराले जानकारी दिए ।
मुलिनतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको बस मादी पुलबाट नदीमा खसेको हो । बसको अधिकांश भाग पानीमा डुबेको छ र भने नदीमा पानीको बहाव बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]