आजवाट रामजान पर्व सुरु
काठमाडौं, २६ असार । इस्लाम धर्मावलम्बीहरुको महानपर्व रमजान आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा आज सबेरै उठेर मुसलमानहरू सुर्यास्त नभएसम्म व्रत बस्ने गर्छन् ।यसरी व्रत बस्ने प्रचलनलाई रोजा भन्ने गरिन्छ । रमजान पर्वको अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीहरुले एक महिनासम्म रोजा बस्ने गर्छन् । इस्लामी पात्रो हिजरी संवतको नवैं रमजानक मुबारक महिनामा रोजा बस्ने गरिन्छ । रोजा एक कठिन ब्रत भएकोले शरीरलाई चोखो राखी अल्लाहसँग प्राथना गर्नुपर्छ । रोजा सुरु गर्नुअघि केही आफूलाई इच्छा लागेको खानेकुरा खाइन्छ, त्यसलाई सहेरी भनिन्छ । दिनभरिको रोजा समाप्त गर्ने बेलामा सामूहिक खानेकुरा खाइन्छ, त्यसलाई ”इफ्तारी” भनिन्छ । इफ्तारिमा खजुर, सेवई,
फलफूल, मिठाईका साथै मासुजन्य खानेकुरा खाने प्रचलन छ । रोजा अवधिमा जानाजान खानपिन गरेमा, शक्तिवद्र्धक सुई लिएमा, नशाबाट औषघि प्रवेश गराएमा अर्थात् सलाइन चढाएमा, सहवास गरेमा र बान्ता निलेमा रोजा भंग हुन्छ । रोजामा पानीसमेत पिउन हुदैन । विगत सात वर्षदेखि रोजा वृद्धाश्रममा सबैलाई अनिवार्य गरीएको छ । असक्त र विरामी मानिसलाई रोजा अनिवार्य छैन । ३० दिनको रोजा पूरा गरेपछि मुसलमान धुनधामसँग इदुलफित्र मनाउने गर्छन् ।