पहिरोमा परेर इन्जिनियरको मृत्यु
रोल्पा, २७ असार । जिल्ला विकास समिति रोल्पाका ईन्जिनियर देवराज आचार्यको पहिरोले पुरिएर मृत्यु भएको छ । अविरल बर्षाका कारण भालुवाङ्ग प्यूठान र रोल्पा सडक खण्ड अन्तरगत प्यूठानको गोठिवाङ्गमा आज विहान सडकको माथिबाट आएको पहिरोले आचार्यको घटना स्थलमै मृत्यु भएको हो ।
पहिरो आएका कारण सडकमा रोकिएको जिल्ला विकास समिति रोल्पाको बा १ झ ८८२३ नं.को जिपलाई सडक माथिबाट आएको आर्को पहिरोले च्याप्दा जिपमै रहेका रोल्पा लिवाङ्गका आचार्यको मृत्यु भएको होत्यसैगरी जिविसकै प्राविधिक लोकराज खड्का भने गम्भिर घाईते भएको र उहाँको दुबै खुट्टा भाँचिएको छ । उहाँको उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।