नाटक महोत्सव सकिदैं

२०७० असार ३१ गते, सोमबार

काठमाडौं, ३१ असार । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिने ‘राष्ट्रिय स.गीत तथा नाटक महोत्सव’ आज सकिदैंछ । महोत्सवमा आजपनि चारवटा नाटक मञ्चन हुँदैछ ।आज प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा पोखराको नाटक ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ सो प्रेक्षालयमा ज्ञ बजे किर्तिपुरबाट सहभागी नाटक ‘लाखे क्व थेगुः’ मञ्चन हुने जनाइएको छ । त्यस्तै आजै मण्डला नाटकघर अनामनगरमा ‘सुनकेसरी’ र ‘जंगे पिलर’ नाटक मञ्चन गरिदैंछ । नाटक सुनकेसरी मण्डला थिएटरको प्रस्तुतिमा राजन खतिवडाले निर्देशन गरेका हुन् । जंगे पिलरको लेखन निर्देशन भने किशोर अनुरागले गरेका हुन् ।
आइतबार महोत्सव अन्तरगत सर्वनाम थिएटरमा उदयपुरको प्रतिनिधित्व गर्दै सहभागी भएको नाटक ‘पीडा आरोहण’ मञ्चन हुँदैछ भने मण्डला नाटक घरमा मण्डापिका कला समूह काठमाडौंका नाटक ‘उलार’ मञ्चन हुँदैछ । नयनराज पाण्डेको लघु उपन्यासमा आधारित ‘उलार’लाई रंगकर्मी रामबाबु रेग्मीले निर्देशन गरेका हुन् ।त्यस्तै आइतबार मण्डला नाटक घरमा हेटौंडाबाट ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ र सुनसरीबाट ‘हेतछाकुप्पा’ नाटक पनि मञ्चन हुनेछन् । महोत्सवको अन्तिम दिन सोमबार पनि चार वटा नाटक रहेका छन् । यस महोत्सवमा जम्मा आठ नाटक मञ्चन हुँदैछ ।

प्रतिक्रियाहरु

[anycomment]