सचिव बढुवा प्रक्रिया सुरु

२०७० श्रावण २ गते, बुधबार

काठमाडौ , २ साउन – सरकारले रिक्त ६ सचिव पद चाँडै पूर्ति गर्ने भएको छ।भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको पदपूर्ति गर्ने भएको हो। लोक सेवा आयोगको बढुवा समितिको सोमबार राति बसेको बैठकले पाँच सचिवका लागि १५ जना सहसचिवको नाम सिफारिस गरेको छ। लोक सेवाकी अध्यक्ष कयोदेवी यमी, मुख्य सचिव तथा समिति सदस्य लीलामणि पौडेल, सामान्य प्रशासन मन्त्रालयका सचिव दुर्गानिधि शर्मा, लोक सेवा आयोगका सदस्य टीकादत्त निरौला र त्रिविका एक प्राध्यापक उपस्थित बैठकले ६ सचिवका लागि १५ जनाको नाम सिफारिस गरेको बताइएको छ ।
एकजना वरिष्ठतम सहसचिवलाई सचिव बनाइने निर्णय बढुवा समितिको सोमबार बसेको बैठकले गरेको स्रोतले बतायो। प्रतिस्पर्धा नगरी सिनियर सहसचिवबाट ‘कन्फर्म’ सचिवमा बढुवाका लागि सहरी विकास मन्त्रालयका राजकुमार मल्लको नाममा सहमति भएको सामान्य प्रशासन मन्त्रालय स्रोतले राजधानीलाई बतायो। हाल उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमा महानिर्देशक छन्। सिफारिस गरिएकामा प्रशासन र कानुन क्षेत्रका सहसचिवहरू छन्।
सचिवका लागि सहसचिवहरू अनुप उपाध्याय, श्रीरञ्जन लाकौल, लोकदर्शन रेग्मी, अर्जुनकुमार कार्की, नारायण रेग्मी, नागेन्द्र शर्मा, भोला सिवाकोटी, पूर्णचन्द्र भट्टराई, शंकर अधिकारी, रञ्जन अर्याल, कृष्ण गिरी (निमित्त सचिव न्याय परिषद्), टेकप्रसाद ढुंगाना, कमलसाली घिमिरे, यादव घिमिरेलगायत रहेको स्रोतले बतायो। यिनैमध्येबाट बिहीबार बस्ने मन्त्रिपरिषद्ले पाँच सहसचिवलाई सचिवमा बढुवा गर्नेछ। यसअघि सचिवका लागि सिफारिस गरिएका सहसचिवहरू नै अहिले पनि प्राथमिकतामा परेको बढुवा समितिले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु