प्रधानसेनापति चिन जाँदै

२०७० श्रावण ४ गते, शुक्रबार

काठमाडौं, ४ साउन – प्रधानसेनापति गौरवशम्सेर राणा छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको भ्रमणका लागि आज त्यसतर्फ जादै छन् ।चिनियाँ मुक्ति सेनाका सेनापति फाँङ फिनझुइको औपचारिक निमन्त्रणामा उहाँ ५ सदस्यीय टोलीको नेतृत्व गर्दे १० दिने भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापतिले चिनियाँ जनमुक्ति सेनाका प्रमुख फङ फेन गुह्वी र चिनियाँ वायुसेनाका प्रमुख एवम् केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष झ क्युलिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।चीन भ्रमणका अवसरमा प्रधानसेनापति जबराले चिनियाँ सेनाले नेपाली सेनालाई उपलब्ध गराउने सहयोगअन्तर्गत विपद् व्यवस्थापनका समयमा प्रयोग हुने घुम्ती अस्पतालसम्बन्धी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन । सो सहयोग झन्डै ८८ करोड रुपैयाँ बराबरको हुने छ ।

प्रतिक्रियाहरु

[anycomment]