आरक्षित सिट लेखनमा मात्र सीमित

२०७० श्रावण ५ गते, शनिबार

काठमाडौँ । राजधानी उपत्यकामा गुड्ने सबैजसो मिनि बसमा महिला र अपाङगता भएका व्यक्तिहरुका लागि सिट आरक्षित गरिएको छ तर सिटमा भने पुरुष बसेका र महिलाहरु झुण्डिएर यात्रा गरिरहेको पाइन्छ । चालिस लाखभन्दा बढी जनसंख्या भएको काठमाडौँमा र्सार्वजनिक यातायातका साधनमार्फ् गन्तव्यमा जानेहरुको जनसंख्या उल्लेख्य छ । महिला बालबालिकाहरु त्यस्ता सवारीका साधनमा बढी यात्रा गर्छन् तर उनीहरुको यात्रा निकै जोखिम र सकसपूण् हुने गरेको छ । बालबालिका र महिलाका लागि र्सार्वजनिक यातायातका साधनमा आरक्षित सिटको व्यवस्था गरिए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा आरक्षित सिट लेखनमा मात्र सीमित छ । महिलाका लागि भनेर लेखिएका सिटहरुमा पुरुषहरु बस्ने र उठ्दै नउठ्ने प्रवृति त छ नै त्यसमाथि गाडीका स्टाफहरुले पनि ध्यान नदिँदा आरक्षित सिट कार्यान्वयन हुन सकेका छैनन् । र्सार्वजनिक यातायातका साधनहरुमा यस्ता कुराहरु कार्यान्वयन भए कि भएनन् भनेर अनुगमन, निरीक्षण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको हो तर ट्राफिक प्रहरी मापसे चेकजाँचमा मात्र केन्द्रित छ । अर्कोतिर उपभोक्ताहरु आफैँ पनि यस्ता विषयमा चनाखो बन्नु पर्ने भए पनि छोटो दूरीको यात्रामा अपरिचित व्यक्तिसँग विवाद गर्नुपर्ने समस्याबाट बच्न आफ्नो अधिकार खोजिएको पाइदैन । जसले गर्दा र्सार्वजनिक यातायातका साधनहरुलाई प्रभावकारी बनाउन सकेको पाइँदैन ।

प्रतिक्रियाहरु

[anycomment]