बर्ड फ्लूको बिगबिगी

२०७० श्रावण ११ गते, शुक्रबार

काठमाडौ, साउन ११ – काठमाडौका ३ ठाउँका बर्ड फ्लू भेटिएको छ ।काठमाडौको रामकोट गाविस ६ का सुमन अधिकारी, किर्तिपुरका देवसिंह महर्जन र महादेवस्थान गाविस २ का असिम भुजेलको कुखुरा फार्ममा बर्ड फ्लू देखिएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिले रामकोटको कुखुरा फार्ममा संक्रमित कुखुरा र दाना नष्ट गर्ने काम भइरहेको निर्देशनालका कार्यक्रम निर्देशक डा. विजयकान्त झाले बताए । त्यहाँको कुखुरा र दाना नष्ट गरेपछि अरु ठाउँमा जाने उनले बताए ।३ ठाउँमा बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गर्नुपर्ने भएकाले शुक्रबार नै सरसफाइ सक्न मुश्किल हुने हुँदा कुखुरा र दाना नष्ट गरेपछि मात्र सरसफाइ गर्ने झाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]