आज अन्तर्राष्ट्रिय बाघ दिवस

२०७० श्रावण १४ गते, सोमबार

काठमाण्डौं,१४ साउन । आज जुलाई २९ तारिख अन्र्तराष्ट्रिय बाघ दिबस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । बाघ संरक्षणमा जनचेतना अभिबृद्धि गर्नका लागि प्रत्येक जुलाई २९ तारिखमा यो दिबस मनाउने गरिन्छ ।दिवसकै अवसरमा आज दिउँसो राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुने बिशेष कार्यक्रममा नेपालमा बाघको नया तथ्याङ सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक मेघ बहादुर पाण्डेले जानकारी दिए ।
सन २००८ को गणना अनुसार नेपालमा बाघको सख्या १ सय २१ थियो । प्रत्येक चार बर्षमा बाघ गणना गर्ने कार्यक्रम अनुसार केही समय अघि गणना गरिएको बाघको सख्या आज सार्वजनिक गर्न लागिएको हो ।यस अघि आजै राष्ट्रिय बाघ संरक्षण सम्बन्य समितिका अध्यक्ष मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई यसबारे जानकारी गराउने कार्यक्रम छ । नेपाल सरकारले सन २ हजार २२ सम्म बाघको सख्या दोब्बर बनाउने लक्ष्यका २ हजार ९ देखि यो अभियानकै रुपमा अगाडी ल्याएकेा हो । बाघ संरक्षणमा सरकार, बिश्व बैक र साझेदार निकायहरुले काम गरिरहेको भए पनि यसको संरक्षणमा बास्थान अतिक्रमण, चोरी शिकारी र बाघको आहारा लगायत मुख्य तीन वटा समस्या रहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार