पंक्षी ओसारपसारमा प्रतिबन्ध

२०७० श्रावण १७ गते, बिहीबार

काठमाडौ, १७ साउन – बढ्दो बर्डफ्लू नियन्त्रणका लागि सरकारले कुखुरा, हाँस सहित जिउँदो पंक्षी र पंक्षीजन्य वस्तुको ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।
सरकारले ७ दिनसम्म पंक्षी र पंक्षीजन्य वस्तुको ओसारपसार गर्न नपाउने निर्णय गरेको हो ।पशु सेवा विभागको कार्यालय हरिहर भवनमा कुखुरा व्यवसायीसँगको सहमतिपछि सरकारले ७ दिनसम्म कसैले पनि जिउँदो पंक्षीजन्य वस्तुको ओसारपसार गर्न नपाउने निर्णय गरेको छ ।आजदेखि पोल्ट्री फर्म, ह्याचरी, कोल्ड स्टोरले ७ दिनसम्म जिवित पंक्षीको ओसारपसार गर्न नपाउने पशु सेवा विभागअन्तर्गत जूनोसिस नियन्त्रण आयोजनाका प्रमुख डा. ईन्द्रकान्त झाले बताए ।सरकारले हवाईमार्ग मार्फत् आयात हुने जीवित चल्ला क्वारेन्टाइन कार्यालयसम्म जान पाउने निर्णय गरेको छ । बर्ड फ्लू नियन्त्रणका लागि सरकारले कुखुरा व्यवसायी सहितको प्राविधिक टोली खटाउने निर्णय भएको झाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]