बौद्ध स्तुपा भित्रै आत्मदाह
काठमाडौ,२२ साउन – अन्दाजी ४० वर्ष उमेरका एक तिब्बतीयन नागरिकले काठमाण्डौंको बौद्ध स्तुपापरीसरमा शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । ती व्यक्तिले मंगलबार विहान करिब साढे सात बजे बौद्ध स्तुपा परिसरभित्रै आगो लगाएका हुन् । आगो लागेलगत्तै उनलाई प्रहरीले उद्दार गरी नजिकैको बौद्ध स्तुपा अस्पतालमा लगेको थियो । त्यहाँबाट थप उपचारका लागि शिक्षण अस्पताल पुर्याउना साथ अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
आगो लगाउने व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले दाबी गरेको छ । यो घटना ‘फ्रि तिब्बत’ गतिविधिसँग नजोडिएको पनि हुनसक्ने प्रहरीले जनाएको छ ।
आत्मदाह गर्ने बौद्धमार्गी भए पनि यो घटना फ्री तिब्बतसँग जोडिएको नहने दाबी गर्दै आत्महत्या र तिब्बती गतिविधि दुबै आधारमा अनुसन्धान सुरु भैसकेको प्रहरीले बताएको छ ।यसअघि गत फागुन २मा पनि बौद्धको एक रेस्टुरेन्टमा तिब्बतीले आफूलाई ‘फ्रि-तिब्बतको पक्षमा रहेको भन्दै आत्मदाह गरेका थिए ।