भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र

काठमाडौ , ३० साउन – तीन साताअघि देखिएको बर्डफ्लु संक्रमण नियन्त्रणमा नआएपछि सरकारले भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज कृषि तथा सहकारी मन्त्रालयले बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।मन्त्रालयले बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणासँगै सहयोगका लागि भक्तपुरका राजनीतिक दललाई आग्रह गरेको छ । माले जिल्ला सचिव अदिप खड्काले भक्तपुरलाईमात्र नभई ललितपुर र काठमाडौंलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको बताए ।भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको विरोधमा भक्तपुरका कुखुरा व्यवसायीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा नाराजुलुस गरेका छन् ।तीन सातायता भक्तपुरका ४५ भन्दा बढी फर्ममा बर्डफ्लु संकमण भेटिएको थियो ।