अख्तियारमा फेसबुकबाटै उजुरी दिन सकिने

२०७० श्रावण ३२ गते, शुक्रबार

काठमाडौं, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेसवुकबाट पनि भ्रष्टाचारविरुद्धको उजुरी लिने जनाएको छ । भ्रष्टाचारविरुद्धका जानकारी र उजुरी लिनका लागि फेसबुक पेज (Commission for the investigation of abuse of authority-ciaa) सञ्चालनमा ल्याइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि इमेल, टोल फ्रि नंम्बर र लिखित उजुरीमार्फत उजुरी लिदै आएकोमा अख्तियारले सामाजिक संजाल फेसबुक लोकप्रिय हुदै गएपछि यस्तो निर्णय गरेको हो । यसैबीच अख्तियारले पोखराका फेवाताल लगायत ताल तलैया अतिक्रमणबारे अध्ययन गर्न ५ सदस्यीय टोली पनि गठन गरेको छ । अतिक्रमण र साबिकको अवस्था बारे स्थलगत भ्रमण एवं दस्तावेजहरुको तुलनात्मक अध्ययन गरि अतिक्रमण गर्नेहरुको पहिचान गर्न अख्तियारले एउटा टोली नै गठन गरेको छ ।दोषीलाई कारबाही समेतको सिफारिस गरी प्रतिवेदन पेश गर्न सहसचिव कृष्णप्रसाद ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]