चीनबाट प्याज ल्याएपछि सस्तियो

काठमाडौ, भदौ ३ – चिनियाँ प्याज भित्रिएपछि काठमाडौको बजारमा सोमबार प्याजको भाउ घटेको छ ।बजारमा सोमबार चिनियाँ र भारतीय दुवै थरीका प्याजको भाउ घटेको व्यवसायीले बताएका छन् । आइतबार किलोको ७० रुपैयाँ थोक मूल्यमा कारोबार भएको चिनियाँ प्याज सोमबार भाउ घटेर ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै भारतीय प्याज किलोको ७५ रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । आइतबार किलोको ८० रुपैयाँ थियो । चीनबाट पर्याप्त मात्रामा प्याज आएकाले भाउ घटेको हो । आउने दिनमा प्याजको भाउ अझै घट्ने सम्भावना रहेको बिक्रेताहरुले बताएका छन् ।