एक किलो नुनको १ सय २० रुपैयाँ

२०७० भाद्र ७ गते, शुक्रबार

काठमाडौं , ७ भदौ – गोरखा जिल्लाका हिमालपारिका सामागाउँ, छेकेम्पार, ल्हो, प्रोक, चुम्चेत र बिही गाविसका बासिन्दा एक किलो नुन एक सय २० रुपैयाँमा किन्न बाध्य भएका छन् । सरकारले दिने सहुलियतको नुन दुई वर्षदेखि जान छाडेपछि ति गाविसमा आयो नुन यति महंगो भएको हो । ‘एक किलो आयो नुन किन्न एक सय २० रुपैयाँ तिर्नुपर्छ’, समागाँउका शिक्षक वीरबहादुर लामा भन्छन्, ‘दुई वर्षदेखि तिब्बतबाट पनि नुन आएको छैन । तल सदरमुकामबाट सहुलियतको नुन पनि आएको छैनु ती गाउँ पुग्न सदरमुकामबाट सात दिन पैदलयात्रा गर्नु पर्छ ।

प्रतिक्रियाहरु

[anycomment]