महानगर अर्बौं राजस्व गुमाउँदै
काठमाडौँ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङकअनुसार काठमाडौँ महानगर क्षेत्रभित्र दुइ लाख ६० हजार घरधनी छन् । तीमध्ये ६० हजार घरधनीले मात्र घर जग्गा कर बुझाउने गरेको काठमाडौँ महानगरपालिकाले बताएको छ । दुइ लाख महानगरवासीले घरजग्गा कर छल्दै आएको महानगरपालिकाले तथ्याङ्क र्सार्वनिक गरेको छ । यसरी घर जग्गा कर नतिर्दा महानगरले बर्सेे दुइ अर्व राजस्व गुमाउँदै आएको छ । महानगरले बर्सर् घरजग्गा करबाट करीव ५० करोड रूपैयाँ राजस्व उठाउँछ । टेलिभिजन कार्यक्रम ‘आजको कान्तिपुर’का अनुसार प्रभावकारी अनुगमन तथा निरीक्षण नहुँदा महानगरले बर्सर ठूलो परिणाममा राजस्व गुमाउँदै आएको हो । प्रत्येक वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका घरधनीको तथ्याङ्क तथा जग्गापास गर्दा पूण्ाविवरण नराख्दा बर्सेे दर्इ अर्व राजस्व गुमेको हो । महानगर राजस्व विभागका प्रमुख महेश काफ्ले यसवर्षेखि घरदैलो कार्यक्रम गरेर पनि सबैलाई करदातालाई करको दायरा ल्याउने बताए । २२ औँ नगरपरिषद्ले सबै करदातालाई करको दायरामा ल्याउन कडाइ गरिने भन्दै उनले त्यसका लागि निश्चित मापदण्ड तोकिने बताए । ‘सधैँभरि कर छल्न दिनु हुँदैन, केही सहुलियत दिइन्छ, त्यसबारेमा पनि महानगर सोच्न तयार छ, राजस्व छल्नचाहिँ अब हामी दिँदैनौँ उनले भने । करदाताको लगत राख्ने ढाँचा, कर निर्धारण प्रकृया, कर छुट, कर मिनाहा, जरिवाना समेत स्पष्ट हुने गरी वडा कार्यालयलाई अधिकार प्रर्यायोजन २२ औँ परिषद्ले गरेको छ । त्यसका लागि सचिवलाई जिम्मेवार बनाई लगत व्यवस्थापन गरिनेसमेत परिषद्ले निर्ण्र् गरेको छ । राजस्व महानशाखाले घरजग्गा करलाई व्यवस्थित बनाउन अनुगमन आवश्यक पूवाधार तत्काल व्यवस्था गर्नेछ । महाशाखा प्रमुख काफ्लेले ऐन, नियम, निर्देशिका, निर्ण्र्ारूको संगालोको रूपमा एकीकृत ऐन नियम संग्रहसमेत बनाई करको शीष्क निर्धारण, मूल्याङ्कन, प्रक्रिया कर निर्देशिका बनाउने तयारमा रहेको जानकारी दिए । कर प्रणालीलाई वैज्ञानिक, आधुनिक बनाउँछौँ, यसले गर्दा कोही पनि कर छल्न सक्दैन उनले भने । सरकार र सरोकारवालासँग समन्वय र सहकार्य गरी राजस्वको दायरा अभिवृद्धि गर्न समेत तयारी गरिरहेको उनले बताए । सबै करदातालाई करको दायरमा ल्याउन कठिनाइरहेको भन्दै उनले त्यसका लागि पनि चरणबद्ध रूपमा योजना बनाई अघि बढ्ने बताए । करदातालाई करको दायरामा ल्याउन निकै चुनौती छ, उनीहरूकैसँग समन्वय गरेर अघि बढ्छौँ, समाधान निस्कन्छ उनले भने । समयअनुसार करप्रणालीलाई नीतिगत, प्रणलीगत र प्रक्रियागत सुधार गरी सरल, पारदर्शी र प्रभावकारी बनाउन विशेषज्ञको सल्लाहअनुसार अघि बढाइने उनले बताए । ‘त्यसको अध्ययन र विश्लेषण गर्दैछौँ, चाँडै लागू गर्दैछौँ उनले भने ।