बजार अनुगमन तिब्र पारिदै

२०७० भाद्र १० गते, सोमबार

काठमाडौ, १० भदौ – वाणिज्य विभागले मुख्य चाडपर्वलाई ध्यान दिँदै =देशैभर बजार अनुगमनको कामलाई तिव्रता दिएको छ ।नियमित अनुगमनसँगै विशेष र आकस्मिक अनुगमनको रणनीति अनुसार काम भैरहेको वाणिज्य विभागले जनाएको छ ।विभागका महानिर्देशक नारायणप्रसाद बिडारीका अनुसार काठमाडौमा खाद्यान्न आपूर्ति सहज बनाउने र मूल्यबृद्धि नियन्त्रण गर्ने उद्देश्यले अनुगमनलाई तिव्रता दिइएको छ । विशेष अनुगमन अन्तर्गत प्राप्त सूचनाको आधारमा विशेषज्ञ टोली सहित गएर गुणस्तर जाँच हुने उनले बताए ।
यस्तै आकस्मिक अनुगमन अन्तर्गत कारोबार हुने मुख्य ठाउँमा खाद्यान्न, तरकारी तथा फलफूल लगायत अत्यावश्यक वस्तुको आपूर्ति र वितरणको अवस्थाबारे बुझ्ने गरिएको छ ।संयुक्त बजार अनगुमन अन्तर्गत काठमाडौ उपत्यकामा विभागको नेतृत्वमा र उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अगुवाईमा अनुगमन हुने बिडारीले बताए ।खासगरी चाडपर्वमा कृत्रिम अभाव र मूल्यबृद्धि हुन नदिन विशेष ध्यान दिइएको उनले बताए। यस्तै सरकारले छिटै आपूर्ति कार्ययोजना पनि ल्याउने भएको छ । यसमा आपूर्ति र वितरणको अवस्थाबारे क्षेत्रगत जिम्मेवारी तोक्ने तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]