काठमाडौंमा भूकम्पको धक्का

२०७० भाद्र १४ गते, शुक्रबार

काठमाडौं , १५ भदौ। काठमाडौंमा शुक्रबार रातिभूकम्प गएको छ ।नेपाली समयअनुसार रातको ११ बजेर ३४ मीनेटमा भूकम्पको धक्का महसुस भएको थियो । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार चीनको पश्चिमी सिझाङमा गएको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको हो । ५ रेक्टर स्केल मापन गरिएको सो भूकम्प ग्रीनवीच समय अनुसार ५ बजेर ४९ मीनेट १ सेकेन्डमा गएको हो । १० किलोमीटर गहिरो रहेको सो भूकम्पको केन्द्र काडमाडौंबाट ३ सय ३२ किमी उत्तर तिब्बतमा रहेकाले काठमाडौंसम्म त्यसको धक्कामात्रै महसुस भएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]