विद्युत प्राधिकरणका थप १० जना कर्मचारी अख्तियारको फन्दामा

२०७० भाद्र १६ गते, आईतवार

काठमाडौं, १६ भदौ- विद्युत प्राधिकरणमा भएको गुणस्तरहीन ट्रान्सफर्मर खरिद सम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप १० जनालाई पक्रेको छ ।ट्रान्सफरमर खरिदमा भएको घोटालाबारे अध्ययनका लागि निर्देशक अर्जुनकुमार चौहान सहनिर्देशकबाट अवकास प्राप्त शिशिरवम थापा, उपनिर्देशक महेशकुमार कार्की, तत्काललिन महाप्रवन्धक युगल किशोर साह, प्रवन्धक हिरावहादुर गसी, सहायक प्रवन्धक निमेषकुमार पोखरेल, इलेक्ट्रिकल इन्जिनियर विनोदकुमार स्वर्णकार, उपप्रवन्धक मनोज बराल, सहायक इलेक्ट्रिकल इन्जिनियर रामिबजलु मण्डल, इन्जिनियर सरोजप्रसाद साह समेतलाई हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।अख्तियारले यो अभियोगमा विद्युत प्राधिकरणका उच्च अधिकारीसहित धेरै कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।
यसैबीच अख्तियारले गैरकानुनी रुपमा कर्मचारी नियुक्त गरेको अभियोगमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका मेडिकल सुपरिटेण्डेण्ट डा अखिलेशप्रसाद सिंह, अस्पताल विकास समितिका अध्यक्ष बाबुलालप्रसाद यादव तथा सदस्यद्वय रेखा घिमिरे र राधेश्याम साह सोनारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरुले वैठकको निर्णयमा थप गरि आफु अनुकुलका २४ जना कर्मचारी नियुक्त गरि तलवभत्ता खुवाएको पाइएकाले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।डा. अखिलेशप्रसाद सिंहले जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा ८३ जना कर्मचारीलाई अनियमित रुपमा नियुक्त गरेको पाइएकाले यो काममा संलग्न शाखा अधिकृत जवाहरलालप्रसाद यादवलाई विभागीय कारबाही गर्न स्वास्थ्य मन्त्रालयमा लेखी पठाएको छ ।
यस्तै अख्तियारले धादिङको मझिमटार र धार्केमा सडक उपभोग दस्तुर संकलन गरि बैंकमा दाखिला नगर्ने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख वीरेन्द्र महासेठ, नायव सुब्बा रघुनाथ सुवेदी, लेखापाल विष्णुप्रसाद पौडेल, खरिदार राजकुमार कटुवाल, आकाशवाणी अपरेटर खगेश्वर ढकाल र द्वितीय श्रेणीका मेकानिक रामकरण महतोविरुद्ध मुद्दा दायर गरेको छ ।उनीहरुमाथि २४ लाख २६ हजार, २ सय ४९ रुपैयाँ विगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]