आज ऋषि पञ्चमी

२०७० भाद्र २५ गते, मंगलवार

काठमाडौं, २५ भदौ । आज तीजको अन्तिम दिन भाद्रशुक्ल पञ्चमी अर्थात ऋषिपञ्चमी । हिन्दु महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् ।खासगरी रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्ह हत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ । काठमाडौं उपत्यकाका महिलाहरू आज विशेष गरी कुलेश्वरको ऋशेश्वर महादेवका मन्दिरमा गई पूजाआजा गर्दछन् भने कतिपय महिलाहरू घरमै ब्राम्हण बोलाई सप्तऋषिको पूजा गर्ने गर्दछन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार