आजदेखि दैनिक ७ घण्टा लोडसेडिङ

२०७० भाद्र ३० गते, आईतवार

काठमाडौं , ३० भदौ : नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक ७ घण्टाका दरले लोडसेडिङको गर्ने भएको छ । दैनिक ४ घण्टा लोडसेडिङको मार खेप्दै आएका सर्वसाधारणले आजदेखि दैनिक ७ घण्टा लोडसेडिङको मार खेप्नु पर्ने भएको छ ।भारतबाट विद्युत आयात गरिने कुशाहा कटैया प्रशारण लाइनको केवल परिवर्तनको काम थालेपछि लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । दैनिक ८० मेगावाट विद्युत आयात गर्दै आएको यस प्रशारण लाइन परिवर्तन गर्न अझै २ हप्ता लाग्ने बताइएको छ । वषार्यामको शुरुवातसँगै घटेको लोडसेडिङ वषार्यामको अन्त्यसँगै बढ्न शुरु भएको छ । यस वर्ष दैनिक १६ घण्टासम्म लोडसेडिङ हुनसक्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार