जिप दुर्घटनामा ३ जनाको मृत्यु

२०७० भाद्र ३१ गते, सोमबार

सिन्धुली,३१ भदौ । उदयपुरको घुर्मिबाट काठमाडौं आउँदै गरेको ज १ ज १८९ बुलेरो जीप आज बिहान ४ बजे सिन्धुलीको कुशेश्वर दुम्जा गा बि स वडा न १ सादीडाँडामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । दुर्घटनामा परि ओखलढुंगाकी रिता सार्की, ओखलढुङ्गाकै हरी बहादुर थापा र क्यानम गाबिस ७ का नर बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाइ उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]