दसैंको अग्रिम टिकट बुकिङ खुला
काठमाडौँ ,१ असोज । नेपाल राष्ट्रिय यातायात व्यवसायीले गृहजिल्ला फर्किने यात्रु लक्षित गरेर आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला गरेका छन् । यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ थाल्न मातहतका समितिहरूलाई निर्देशन दिएसकेको बताइएको छ । ‘झन्डै दइ सातादेखि यात्रुहरूको भीडभाड बढ्छ भन्ने आंकलनसाथ बुकिङ खोल्ने निर्ण्र्ाागरिएको हो,’ महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भने, ‘फूलपातीअघिका करिब तीन/चार दिन निकै भीडभाड हुने भएकाले फर्ुसद हुनेहरूलाई सकेसम्म त्यसअघि नै गन्तव्यमा लाग्न आग्रह गरेका छौं ।’ महासंघले यात्रुको चापका आधारमा तीन चरणको अवधि वर्गीकरण गरी तयार गर्ने निर्ण्र्ाागरेको छ । बुकिङ खुल्नासाथ यात्रुहरूको खासै भीड नहुने भएकाले घटस्थापनाको करिब एक साता अघिदेखि बसको संख्या बढाउने तयारी भएको सिटौलाले बताए । यो अवधिमा सहरी क्षेत्रमा रहेका विद्यार्थी र अरु फर्ुसदिला व्यक्तिहरू फर्किने अनुमान गरिएको छ । घटस्थापनाको साताअघिदेखि शैक्षिक क्षेत्रमा संलग्न र बालबालिकासहितका गृहिणीहरूको पनि चाप हुने भएकाले सामान्य अवस्थामा भन्दा झन्डै दोब्बर सवारी साधन उपयोग हुने आंकलनसाथ तयारी छ । घटस्थापनापछिको चाप फूलपातीसहितको तीन दिनमा निकै बढी हुनसक्ने आशंका छ । सामान्य अवस्थामा राजधानीबाट दैनिक एक हजारको हाराहारीमा र्सार्वजनिक यातायात बाहिर जाने गरेकोमा दसंैको पछिल्लो तीन दिनमा ३५०० सम्म पुग्ने अनुमान छ । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई सोझो असर पर्नेगरी पेट्रोलियमको मूल्यवृद्धि गरेको भन्दै महासंघले तत्काल फिर्ता लिन माग गरेको छ । दसैंअघि नै भाडा बढाउनेबारे कुनै निर्ण्र्ाानगरेको महासंघले यातायात व्यवस्था विभागमा भने पुनरावलोकनका लागि दबाब दिएको छ । तर कुनै तयारी नभएको सिटौलाले बताए । नागढुंगा-नौबीसे, मुग्लिन-नारायणगढ लगायतका सडकको अवस्था बिग्रिएकोमा व्यवसायीले तत्काल मर्मत गर्न दसैंको बेलामा सवारी आवागमनमा अवरोध हुनेगरी कुनै गतिविधि नगर्न सरकारको ध्यानाकर्षा गराएका छन् । यात्रुको चाप बढी हुने गोंगबु, कोटेश्वर, कलंकी, बालाजु लगायतका नाकामा जाम र सुरक्षाको समस्या हुनसक्ने भएकाले व्यवस्थापनका लागि सरोकारवाला निकायहरूमा ध्यानाकर्षा गराउने निर्ण्र्ाापनि महासंघले गरेको छ । महासंघले सम्भव हुने भए विद्यालयहरूको बिदा घटस्थापनाको केही दिनअघि र्सार्ने र त्यसलाई जाडो बिदामा समायोजन हुनेगरी व्यवस्थापनका लागि पहल गर्न सरकारको ध्यानाकर्षा गराउने निर्ण्र्ाागरेको छ । फूलपातीको समयमा यात्रुको भीड निकै बढी हुने भएकाले घटस्थापना सुरु भएलगत्तै यात्रुको चाप बढे सजिलो हुने सिटौलाले बताए । ‘त्यसैले फुर्सद् भएकालाई पहिले नै टिकट लिएर गन्तव्यमा जान आग्रह गरिएको हो,’ सिटौलाले भने । महासंघको अनुमानमा फूलपाती र अघिल्लो दिनमात्रै झन्डै दर्ुइ लाख यात्रु राजधानीबाट बाहिरिन्छन् । दसैंलाई लक्षित गरेर यातायात व्यवस्था विभागले र्सार्वजनिक बसको निरीक्षण र अनुगमन गर्ने जनाएको छ । ट्राफिक प्रहरीले विभिन्न नाकामा नागरिक सुरक्षा कक्ष स्थापना गरी यातायात आवागमनलाई व्यवस्थापनको योजना बनाएको छ । बाहिरका ठाउँमा सवारी साधन होल्डमा हुँदा समस्या हुने भएकाले खाली हुनासाथ तिनलाई राजधानीमा ल्याएर राख्ने तयारी महासंघको छ । मातहतका समितिलाई नियमअनुसार सहुलियत दिन र काउन्टरबाट मात्रै टिकट बेच्न परिपत्र गरिएको जनाएको छ ।