एसियालि युवा उद्यमीको भेला हुदै
काठमाडौं, ३ असोज । आजदेखि दक्षिण एसियाका विभिन्न मुलुकका युवा उद्यमीको भेला हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा हुन लागेको भेला असोज ५ गतेसम्म चल्नेछ ।दक्षिण एसियाका युवा उद्यमीको एक–आपसमा सकारात्मक सम्बन्ध स्थापित गर्ने, अवसरको सिर्जना गर्ने र एक–अर्काको विचार आदानप्रदान गरी व्यवसायमा सहजीकरण गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ । भेलाका संयोजक क्षितिज तामाङले उद्यमीको जोस र क्षमतालाई वृद्धि गराउँदै आर्थिक, सांस्कृतिक र राजनीतिक पक्षसँग समन्वय एवम् परिचित गराउने थलोका रूपमा सो भेला रहने बताएका छन् ।कार्यक्रममा नेपालमा रहेका विभिन्न कम्पनीको स्थलगत भ्रमण, व्यापार विश्वविस्तारीकरण, उद्यमशीलता र श्रम सम्बन्धबारे जानकारी दिनुको साथै कार्बन मुक्त दक्षिण एसिया र अनौपचारिक सम्बन्धको थलोका बारेमा विस्तृत जानकारी दिइनेछ कार्यक्रममा विभिन्न मुलुकका चार सय युवा उद्यमीको सहभागिता रहनेछ ।