सोह्र श्राद्ध सुरु

२०७० आश्विन ४ गते, शुक्रबार

काठमाण्डौं,४ असोज । आजदेखि हिन्दु धर्मावलम्बीहरुले सोह्र श्राद्ध पर्व सुरु भएको छ । हिन्दु परम्परा अनुसार पितृपक्ष सुरु भएपछि पितृको पर्वका रुपमा सोह्रश्राद्ध मनाइन्छ ।आश्विन कृष्णपक्षको बेला सूर्य कन्या राशिमा बसेको हुनाले यो समय पितृका लागि महत्वपूर्ण हुने विश्वासका आधारमा सोह्रश्राद्ध पर्व मनाइन्छ । दिवंगत भएका आफ्ना पितृहरुलाई सम्झेर अन्न, जल अर्पण गरिने भएकाले आफ्ना पुर्खालाई सम्झनका लागि यो श्राद्धको विशेष महत्वको रहेको हुन्छ । सोह्रश्राद्ध सकिएसँगै हिन्दुहरुको महान चाड दसैं सुरु हुन्छ ।पूणिर्माबाट सुरु भएको सोह्रश्राद्ध औसीसम्म कायम रहन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु